भारतमा किसानले गरे पन्जाब बन्दको घोषणा
पुस १५, २०८१ | काठमाडौं
भारतमा किसानले पन्जाब बन्दको घोषणा गरेका छन् । आफ्नो माग कार्यान्वयनको माग गर्दै एक महिनाभन्दा बढी समयदेखि अनशन बसेका किसान नेता जगजितसिंह डलेवालको समर्थनमा बन्दको आह्वान गरिएको हो ।
किसानको धर्नाले विभिन्न सडक अवरुद्ध हुनुका साथै रेल सेवा समेत ठप्प भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय किसान युनियनका प्रवक्ताका अनुसार पन्जाब किसान युनियनहरुले समेत आन्दोलनलाई समर्थन गरेको बताइएको छ ।
उनीहरुले राजमार्ग र रेलवे स्टेशनमा भेला भएर प्रदर्शन समेत गरेका छन् । किसानको प्रदर्शनका कारण सुरक्षा सतर्कता समेत बढाइएको छ । भारतमा १ सय ५० भन्दा बढी रेलसेवा आजका लागि रद्द गरिएको छ ।