पुस २५ गतेदेखि माघ १० सम्म १५ औं चितवन महोत्सव हुने

पुस १८, २०८१ | चितवन

नारायणी नदी किनारमा यहि पुस २५ गतेदेखि माघ १० गतेसम्म चितवन महोत्सव हुने भएको छ ।

आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले १५ औं चितवन महोत्सव हुने भएको हो । चितवन उद्योग वाणिज्य संघले २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा ४ सय ३० वटा स्टलहरु रहने महोत्सव मुल समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव परिसरभित्र निर्माण सामाग्री व्यवसायीको सहकार्यमा निर्माण एक्सपो समेत राखिने भएको आयोजकले जनाएको छ । सो महोत्वमा चिनियाँहरुले २० वटा स्टलहरु दर्ता गरेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

बंगलादेश र पाकिस्तानबाट समेत प्रदर्शकहरु आउने बताइएको छ । महोत्सव अन्तर्गत नै नारायणगढ क्याम्पाचौरमा यही पुस २९ गतेदेखि माघ ४ गतेसम्म परम्परागत खानाको प्रवद्र्धनका लागि फूड फेस्टिभलसमेत हुने भएको छ ।

१५ दिन चल्ने महोत्सवका क्रममा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।   


प्रतिक्रिया