अमेरिका–मेक्सिको सीमामा १० हजार सैनिक परिचालन गर्ने राष्ट्रपति ट्रम्पको तयारी

माघ १०, २०८१ | काठमाडौं

अमेरिकामा नयाँ राष्ट्रपतिले सत्ता सम्हाले लगत्तै गैरकानुनी रुपमा त्यहाँ बसेका आप्रवासीलाई निकाल्न निर्णायक कदमहरु चालिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रणको योजना कार्यान्वयन गर्न अमेरिका–मेक्सिको बोर्डरमा १० हजार सैनिक तैनाथ गर्ने तयारी गर्नुभएको छ । भन्सार र सीमा सुरक्षा व्यवस्था अनुसार ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि नै सैनिक पठाउन लागकोे अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।  

यसअघि ट्रम्प प्रशासनले दक्षिणी सिमाना क्यालिफोर्नियाको सान डिएगोमा १ हजार ५ सय सैनिक परिचालन गरिसकेको छ । यस्तै, टेक्सासको एल पासोको सिमामा २ हजार ५ सय सैनिक तैनाथ गरिने जनाइएको छ ।  


प्रतिक्रिया