होलीमा उच्छृंखल गतिविधि गर्ने २४ जना काठमाडौैबाट पक्राउ

फाल्गुन २९, २०८१ | काठमाडौं

होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिइएको हो । 

 प्रहरीले आजै चारपांग्रे सवारी साधन ५ वटा, दुई पांग्रे १ सय ३८ वटा सहित १ सय ४३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । यस्तै, होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि आज काठमाडौंमा ट्राफिक, जनपद , सादा पोसाक र अनुगमनसमेत गरेर २ हजार ७ सय ६ जना प्रहरी परिचालन भएका थिए ।


प्रतिक्रिया