चरा ठोक्किएर जेजु एयरको विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
माघ १४, २०८१ | काठमाडौं
दक्षिण कोरियामा गत डिसेम्बरमा भएको जेजु एयरको विमान दुर्घटना चरासँग ठोक्किदा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विमानमा चराका प्वाँख र रगतको दाग भेटिएको आज सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानमा देखाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
सो विमानका इन्जिन समेत जाँच गरिएको थियो । गत डिसेम्बर २९ मा थाइल्याण्डको बैंककबाट दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्रस्थित रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको विमान दुर्घटना भएको हो । दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको थियो ।