अमेरिकी एयरलाइन्सको विमान दुर्घटनाः अहिलेसम्म १९ जनाको शव फेला

माघ १७, २०८१ | काठमाडौं

अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टर ठोक्किएका थिए ।

चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यबाट उडेको विमान धावनमार्गमा अवतरणका लागि तयारी गरिरहँदा हेलिकप्टरसँग ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । घटनास्थलमा उद्दार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उदृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उद्दारका लागि करिब ३ सय आपत्कालीन उद्धारकर्ता परिचालन गरिएको छ ।

रातको समय र वासिङटनको चिसोका कारण उद्दारमा कठिनाइ भएको जनाइएको छ । अमेरिकाको संघीय नागरिक उड्डयन निकाय एफएएका अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । 


प्रतिक्रिया