युक्रेनलाई कम्तिमा ६ अर्ब युरो बराबरको सैन्य सहायता पठाउने ईयुको तयारी

फाल्गुन ७, २०८१

युरोपेली संघ (ईयु)ले युक्रेनलाई कम्तिमा ६ अर्ब युरो बराबरको सैन्य सहायता पठाउने तयारी गरेको छ । सो सैन्य सहायतामा १५ लाख तोपका गोलाहरु तथा वायु रक्षा प्रणाली समावेश हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

ईयुले आफ्नो भण्डारणबाट थप सामाग्री दिएमा सैन्य सहायता १० अर्ब युरोसम्म पुग्न सक्ने अनुमान गरिएको छ । ईयुको सैन्य सहायतको घोषणा रुसले युक्रेनमा पूर्णकालीन हमला गरेको तेस्रो वर्ष पुग्न लागेको फेब्रुअरी २४ अघि नै आउने अपेक्षा गरिएको छ । रिपोर्टकाअनुसार सहायता प्याकेजको उद्देश्य ईयुको युक्रेनलाई समर्थन गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने मात्र नभई, युद्ध अन्त्य गर्ने वार्तामा युरोपलाई समावेश गर्ने मुद्दालाई बल दिनु पनि हो । 


प्रतिक्रिया