बागमती गोल्डकपः एपीएफलाई हराउँदै चर्च ब्वाईज फाइनलमा प्रवेश

फाल्गुन ९, २०८१ | मकवानपुर

चर्च ब्वाइज क्लब सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मकवानपुरको झुरझुरे रंगशालामा भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी अर्माण्ड नायक रहे । 

उनले आफ्नो टोली एक गोलले पछाडि परेको अवस्थामा लगातार दुई गोल गरेका थिए । खेलमा सुरुवातबाटै चर्च ब्वाइजले आफ्नो पकड कायम गरेपनि ३५ औं मिनेटमा गोल व्यहोर्न पुगेको थियो । एपीएफका बुद्धिमान राईले गोल गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएका थिए । 

चर्च ब्वाइजका विदेशी खेलाडी अर्माण्डले २ र सुमित श्रेष्ठले १ गोल गरे । निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा एपीएफका हरि कार्कीले गोल गरे । त्यसअघि बद्धिमान राईले ३६ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि थ्रीस्टार क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले सोमबार हुने फाइनलमा चर्च व्बाइजको सामना गर्नेछ । 


प्रतिक्रिया