पाथीभरा केबलकार बिवादः विरोधमा रहेको समूहलाई वार्तामा आउन सरकारको आग्रह

फाल्गुन ९, २०८१ | काठमाडौं

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले सम्वादमा आउन आग्रह गरेको छ । 

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउन अपिल गर्नुभएको हो । 

भट्टराई संयोजकत्वको वार्ता समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समितिको माग गर्दै आएको छ । आन्दोलनरत समूहले आज पनि ताप्लेजुङको काफ्लेपाटी क्षेत्रमा नाराजुलुससहित कोण सभा गरेको छ । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । 


प्रतिक्रिया