प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

फाल्गुन ९, २०८१ | काठमाडौं
फागुन २५ गतेबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले विभिन्न ३ स्थानमा प्रतियोगिता आयोजना हुने जनाउँदे खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार प्रतियोगिाताका सबै खेल काठमाडौं उपत्यका बाहिर आयोजना हुनेछ । क्रिकेट संघ क्यानले भैरहवास्थित प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरि १० समूहले प्रतिस्पर्धा गर्नेछन् ।
सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन कोशी र लुम्बिनी, बागमती र एपिएफ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ।लिग चरणमा सबै टोलीले एक अर्काविरुद्ध खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने २ टोलीकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
