बेमौसमी वर्षापछि दुई दिनभित्र भारतमा एक सय जनाको मृत्यु

चैत्र २९, २०८१ | काठमाडौं
पछिल्लो दुईदिनमा भएको बेमौसमी वर्षाका कारण भारतमा १ सय जनाको मृत्यु भएको छ ।
भारतीय मौसम विभागका अनुसार वर्षासँगै, चट्याङ र मनसुनजन्य घटनामा परि उनीहरुको मृत्यु भएको हो । मनसुनसँग सम्बन्धित मूसलधारे वर्षा सामान्यतया जुन महिनामा हुने भए पनि २ महिना अघि नै वेमौसमी वर्षा हुँदा उनीहरुको मृत्यु भएको हो ।
बाक्लो जनसंख्या रहेको बिहारमा वर्षासँग सम्बन्धित घटनाहरुमा कम्तीमा ८२ जनाको मृत्यु भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै उत्तर प्रदेशमा चट्याङ र आँधीका कारणमात्र १८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
भारतको मौसम विभागले आगामी सोमबारसम्म मध्य र पूर्वी भारतमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह समेत गरेको छ ।