एन्टीबायोटिक प्रयोगबाट ३ वर्षमा ३० लाख बढी बालबालिकाको मृत्यु

चैत्र ३१, २०८१ | काठमाडौं
पछिल्लो तीन वर्षको अवधिमा विश्वभर तीस लाख बढी बालबालिकाको एन्टीबायोटिक औषधि प्रयोगका कारण मृत्यु भएको एक अध्ययनले देखाएको छ ।
सन् २०२२ यता विश्वका तीस लाख बढी बालबालिकाले एन्टिबायोटिक प्रतिरोधी हुने संक्रमणका कारण ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफ्रिका र दक्षिण पूर्वी एसियाका बालबालिका सबैभन्दा बढी जोखिममा रहेको पाइएको अध्ययनमा उल्लेख छ ।
एन्टीबायोटिक औषधिको प्रयोग बढेसँगै शरीरमा एन्टिमाइक्रोबियल प्रतिरोधी क्षमता कमजोर हुने र सुक्ष्मजीवको विकसित हुने भएकाले औषधिले नै काम गर्न छाडेको अध्ययनको निष्कर्ष छ । सो विषयलाई विश्व सामु सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य खतराको रूपमा पहिचान गरिएको छ ।