रुसद्वारा युक्रेनसँग अस्थायी युद्धविरामको घोषणा

वैशाख ७, २०८२ | काठमाडौं

रुसले युक्रेनसँग अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पर्वको अवसरमा दुई दिन युद्ध रोक्ने बताउनुभएको हो । 

इस्टर पर्वको अवसरमा रुसी सेनाले शनिवार बेलुका ६ बजेदेखि आज मध्यरातसम्म झन्डै ३० घण्टा सैन्य कारबाही पूर्ण रुपमा रोक्ने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ३० घण्टाका लागि युद्धविराम घोषणा गरे पनि आक्रमण जारी राखेको बताउनुभएको छ । 

युक्रेनले युद्धविराम पालना गरेपनि रुसले तोडेको जेलेन्स्कीको आरोप छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार युद्धविराम घोषणापछि रुसले १९ स्थानमा आक्रमण गरेको र ८ सय ८७ गोलाबारीका घटना भएको दाबी गरिएको छ ।    


प्रतिक्रिया