हमासले अलेक्ज्यान्डरलाई रिहा गर्ने

वैशाख २९, २०८२

प्यालेस्टिनी समूह हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासका रूपमा इजरायली–अमेरिकी बन्धक एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ । हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अगाडि उनको रिहा गर्ने बताएको हो । ट्रम्पले भोलिदेखि सो क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । हमासले अलेक्ज्यान्डरको रिहाइसँगै मानवीय सहायताका लागि बाटो खुला हुने सम्झौतालाई सहज बनाउने उद्देश्य पनि राखिएको उल्लेख गरेको छ । 

गाजा ७० दिनदेखि इजरायली नाकाबन्दीमा छ । हमासका एक वरिष्ठ अधिकारीका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्ता गरिरहेका छन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले भने कुनै पनि युद्धविरामका लागि प्रतिबद्ध नभएको बताएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले लडाइँ तीव्र बनाउने तयारी अझै जारी रहेको र हमासमाथि सैन्य दबाबका कारण अलेक्ज्याण्डरको रिहाइ सम्भव भएको बताएको छ ।


प्रतिक्रिया