इरानमा अमेरिकाले गरेको आक्रमणलाई लिएर विश्व समूदायद्वारा निन्दा

असार ८, २०८२ | काठमाडौं

अमेरिकाले इरानको आणविक क्षेत्रमा गरेको आक्रमणप्रति संयुक्त राष्ट्रसंघ लगायत विश्व समुदायले निन्दा गरेका छन् । 

इरानको ३ वटा आणविक केन्द्रमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिसँगै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेट्सले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खलल पु¥याउने जोखिम बढाएको बताउनुभयो ।

 यस्तै, मेक्सिको, क्युवा, भेनेजुएला लगायत मुलुकले राष्ट्रपति ट्रम्पको कदमप्रति आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी विमान मार्फत इरानको ३ वटा आणविक केन्द्रमा आक्रमण गरिएको र विमान सुरक्षित फर्किएको उल्लेख गर्नुभएको थियो ।  


प्रतिक्रिया