गाजामा कुपोषणको स्तर खतरनाक तहमा

श्रावण १२, २०८२ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओले गाजा क्षेत्रमा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ ।

गाजामा हवाई मार्गबाट सहायता सामग्री पु¥याउन थालिएपछि डब्लुएचओले सो चेतावनी दिएको हो । जोर्डनले संयुक्त अरब इमिरेट्स यूएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ ।

यता इजरायलले गाजा क्षेत्रका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्रका तर्फबाट सहायता सामग्री पठाउनका लागि करिडोर खोल्ने बताएको छ ।

गाजामा ‘जानीबुझेर भोकमरीको झुटो दाबी’को खण्डन गर्नका लागि यस्तो निर्णय गरेको इजरायलको भनाइ छ । यता हमासले यस विषयमा आफ्नो छवि खराब गर्ने प्रयास गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया