इजरायल र हमासबीच युद्ध विराम सम्झौता हुन केही समय लाग्ने

असार २४, २०८२

इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध विराम सम्झौता हुन केही समय लाग्ने इजरायली अधिकारीहरुले बताएका छन् । सो वार्ताले दुई पक्षबीचको मतभेदलाई कम गर्न सकिएपनि सहमतिमा आइपुग्न बढी समय लाग्ने उनीहरुको भनाइ छ । कतारमा गाजा युद्धविरामको लागि इजरायल र हमासका प्रतिनीधिबीच वार्ता चलिरहँदा इजरायलको यस्तो प्रतिक्रिया आएको हो । 

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको हस्तक्षेपले आइतबारदेखि वार्ताले गति लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यद्यपी, कतारको दोहामा अप्रत्यक्ष वार्ता चलिरहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वाशिंगटन भ्रमणमा जानुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताको पूर्वसन्ध्यामा युद्धविराम र बन्धक सम्झौतामा यस हप्ता पुग्न सक्ने बताउनुभएको थियो ।   


प्रतिक्रिया