इजरायलले गाजामा आक्रमण बढाउने

श्रावण २०, २०८२ | काठमाडौं

गाजा क्षेत्रमा युद्धविरामबारे हमाससँगको वार्ता भंग भएसँगै इजरायलले थप सैन्य रणनीति विस्तार गर्ने भएको छ ।

अमेरिकाको प्रस्तावमा ६० दिने युद्धविराम गर्ने तथा सो अवधिमा क्रमिक रुपमा हमासले बन्दी रिहाई गर्ने विषयमा कतारमा भएको वार्ता भंग भएपछि इजरायलले सो कदम चाल्ने तयारी गरेको हो ।

जसका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो साता मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्ने तयारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली उच्च तहका अधिकारीले गाजामा थप सेना परिचालनको तयारी भएको जनाएको छन् । 


प्रतिक्रिया