भारतलाई रुससँंग व्यापारिक कारोबार नगर्न अमेरिकाको दबाब

श्रावण २०, २०८२ | काठमाडौं
अमेरिकाले भारतलाई रुससँंगको व्यापारिक कारोबार नगर्न दबाब बढाउँंदै गएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट इन्धन खरिद नगर्न भारतलाई दबाब बढाउनुभएको छ ।
रुसबाट इन्धन खरिद नरोके भारतबाट आयात हुने वस्तुमा चर्को भन्सार शुल्क लगाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै, अमेरिका र भारतबीच व्यापारिक सम्झौता समेत हुन बाँकी छ ।
भारतको ब्रिक्समा सदस्यता, रुससँग सामिप्यता लगायत कारण व्यावारिक सम्झौतामा कठिनाई हुँदै आएको अमेरिकी पक्षको भनाई छ ।
यता भारतले भने आफ्नो नागरिकको सुविधाका लागि सुलभ मूल्यमा इन्धन आपूर्ति गराउन रुसबाट इन्धन खरिद गरिएको बताउँदै आएको छ ।