अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाइने

भाद्र २०, २०८२ | काठमाडौं

अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिवर्तन गरिने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिणत गर्नेसम्बन्धी कार्यकारी आदेशमा आज हस्ताक्षर गर्न लाग्नु भएको हो । ट्रम्पको हस्ताक्षरसँगै रक्षामन्त्री पिट हेगसेथलाई युद्धमन्त्रीबाट सम्बोधन गनुपर्ने छ । विगतमा पनि पेन्टागन युद्ध मन्त्रालयको रुपमा थियो ।

 सन् १७८९ मा स्थापना गरिएको युद्ध मन्त्रालय सन् १९४७ सम्म अस्तित्वमा थियो । ट्रम्पले जारी गर्ने कार्यकारी आदेशले रक्षामन्त्री, पेन्टागन र कार्यरत अधिकारीलाई नयाँ नाम प्रयोग गर्ने अनुमति दिनेछ । 


प्रतिक्रिया