हमासको युद्धविराम प्रतास्ताव इजरायलद्वारा अस्वीकार

भाद्र २०, २०८२ | काठमाडौं
हमासले प्रस्ताव गरेको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै इजरायलले गाजा सहरमा सैन्य कारबाही जारी राख्ने बताएको छ ।
हमासको प्रस्ताव युद्ध रोक्ने चालमात्रै भएको भन्दै इजरायलले कारबाही नरोक्ने जनाएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको प्रस्ताव केवल प्रचारात्मक चाल मात्र भएको टिप्पणी गर्नुभएको छ ।
हमासले विज्ञप्तीमार्फत इजरायली र प्यालेस्टाइनी बन्दीहरूको आदानप्रदान, गाजाबाट इजरायली फौजको फिर्ता, सीमानाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सम्हाल्ने प्रस्तावसमेत अघि सारेको बताइएको छ ।