एशिया कप क्रिकेटमा आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदै

आश्विन ८, २०८२ | काठमाडौं

एसीसी टी–२० एशिया कप क्रिकेटमा आज बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

उपाधिको दाबेदार भारत फाइनल प्रवेशलाई सहज बनाउन कालागि मैदान ओर्लदैंछ । त्यस्तै बंगलादेश प्रतियोगितामा उलटफेर गर्ने योजनामा छ । उ सुपर फोरमा श्रीलंका विरुद्धको खेलमा जस्तै नतिजा उल्टाउने सुरमा छ ।

सन् २०१९ यता भारतमाथि जीत दर्ता गर्न नसकेको बंगलादेश फाइनल प्रवेशको सम्भावना कायम राख्नपनि क्रम भंगता चाहन्छ । खेल नेपाली समय अनुसार राति सवा ८ बजे दुबइमा हुनेछ । भारत पछिल्लो ५ खेलमा अपराजित छ भने बंगलादेशले पछिल्ला ५ मध्ये ४ खेल आफ्नो पक्षमा पारेको छ ।

सुपर फोरमा भारत २ अंकका साथशीर्ष स्थानमा छ । दुई खेल खेलेको पाकिस्तान २ अंकमा दोस्रो स्थानमा रहँदा बंगलादेश २ अंकमा तेस्रो स्थानमा छ । अंकबिहीन रहेको श्रीलंका पुछारमा छ ।

पकिस्तान विरुद्धको खेलमा फखर जमानको विकेट लिएका हार्दिक पाण्डेयले युजभेन्द्र चाहल लाई पछि पार्दै भारतबाट सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् । आज ३ विकेटलिन सके उनी अश्रदिप सिंहको १ सय विकेटको बराबरी गर्न सफल हुनेछन् । त्यस्तै बंगलादेशका खेलाडी मुस्तफिजुर रहमान पनि टीमबाट १ सय ५० विकेट लिने खेलाडी बन्ने योजनामा छन् ।

उनीसँगै शकिब अल हसनले पनि १ सय ४९ विकेट लिइसकेका छन् । आजको खेल हार्दिक र मुस्तफिजुर दुबैका लागि महत्वपूर्ण छ । 


प्रतिक्रिया