प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

आश्विन ९, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले आज साँझ पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको हो ।
कार्कीले आज मन्त्रिपरिषद्को बैठक पनि बोलाउनु भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार क्याबिनेट बैठक लगत्तै उहाँले सम्वोधन गर्नु हुनेछ ।
सम्वोधनका क्रममा उहाँले फागनु २१ का लागि तय गरिएको निर्वाचनका विषयसहित अहिलेका समसामयिक विषय समेटिने बताइएको छ ।
त्यस्तै, आन्दोलनका क्रममा निधन भएका ७४ जनाका परिवारलाई राहत, घाइतेहरूको उपचारलगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले यसअघि नै प्रतिमृतक परिवारलाई १५–१५ लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।