फ्रान्सका पूर्व राष्ट्रपति आपराधिक षड्यन्त्रको अभियोगमा दोषी ठहर

आश्विन ९, २०८२ | काठमाडौं
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सारकोजी आपराधिक षड्यन्त्रको अभियोगमा दोषी ठहर भएका छन् । पेरिसको अदालतले पूर्व राष्ट्रपति सारकोजीलाई लिबियाकाका नेतासँग अवैध रूपमा लाखौँ युरो लिएको प्रकरणमा दोषी ठहर गरेको हो ।
सन् २००७ मा भएको राष्ट्रपति निर्वाचन क्रममा सारकोजीले लिबियाका निधन भइसकेका नेता मोअम्मर गद्दाफीबाट अवैध सहयोग लिएको आरोप लागेको थियो । ७० वर्षीय सारकोजीले भने भने आफू विरुद्ध राजनीतिक पूर्वाग्रका आधारमा आरोप लगाइएको बताउँदै अएका छन् ।
दोषी ठहर भएका सारकोजीले पश्चिमी मुलुकमा आफ्नो खराब छवि सुधार गर्ने प्रतिबद्धता जनाउँदै सो रकम लिएको बताइएको छ ।
निधन भइसकेका नेता गद्दाफीका परिवारका सदस्यले सारकोजीले सो रकम लिएको बारे सार्वजनिक गरेपछि सन् २०१३ बाट सो बारे अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । दोषी ठहर भएका पूर्व राष्ट्रपति सारकोजीलाई ५ वर्ष कैद सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।