भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ९ जनाको मृत्य
कार्तिक १५, २०८२ | काठमाडौं
भारतको आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ९ जनाको मृत्यु भएको छ । १५ जना भन्दा बढी घाइते भएका छन् ।
आन्ध्र प्रदेशको काशी बुग्गामा रहेको वेनकटेश्वर मन्दिरमा भागदौड मच्चिँदा सो घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले सामाजिक सञ्जालमार्फत मृतकप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार गर्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिनुभएको समाचारमा उल्लेख छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक पीडितका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । घाइतेलाई समेत ५० हजार रुपैयाँ दिइने बताइएको छ ।








