पाकिस्तानको सुरक्षा बलले गरेको कारबाहीमा आठ विद्रोहीको मृत्यु
मंसिर ६, २०८२ | काठमाडौं
पाकिस्तानको सुरक्षा बलले गरेको कारबाहीमा आठ जना विद्रोहीको मृत्यु भएको छ ।
त्यहाँको सेनाले आज विज्ञप्ति जारी गर्दै खैबर पख्तुनख्वाको बन्नू जिल्लामा गुप्तचर–आधारित कारबाहीका क्रममा उनीहरु मारिएको जनाएको हो ।
सुरक्षा अधिकारीहरुका अनुसार भारतीय समर्थन प्राप्त तथा पाकिस्तानले प्रतिबन्ध लगाएका तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्य लक्षित सुरक्षा कारबाहीमा परेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सैन्य अपरेशनका क्रममा विद्रोहीका साथबाट हतियार तथा गोलीबारुद बरामद गरिएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
सुरक्षा लक्षित गरिएका पछिल्ला कारबाही शान्ति र स्थिरता कायम गर्न प्रभावकारी हुने समाचारमा उल्लेख छ । पाकिस्तानमा विशेषगरी बलुचिस्तान क्षेत्रमा पछिल्लो समय सुरक्षा चुनौती बढेको छ भने आतङकवादी घटनाले प्रसय पाउन थालेको जनाइएको छ । यसअघि हिजो समेत सो क्षेत्रमा भएको आक्रमणमा ७ जनाको मृत्यु भएको थियो ।








