बंगलादेशमाथि आयरल्याण्डको सहज जित

मंसिर १२, २०८२ | एजेन्सी


तीन म्याचको टी ट्वान्टी सिरिजको पहिलो म्याचमा आयरल्याण्डले बंगलादेशलाई ३९ रनले पराजित गरेको छ । १ सय ८२ रनको लक्ष्य पाएको घरेलु टोली बंगलादेशलाई १ सय ४२ रनमा रोक्दै आयरल्याण्डले सहज जित हात पारेको हो । बंगलादेशका तोहिद रिदईले अविजित ८३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । आयरल्याण्डका लागि म्याथ्यु हम्फ्रेले ४ र ब्यारी म्याककार्थीले ३ विकेट लिएका थिए ।

 यसअघि आयरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार पारेको थियो । सो क्रममा ह्यारी टेक्टरले टोलीका लागि सर्वाधिक ६९ रन बनाएका थिए । 

जितपछि आयरल्याण्डले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो म्याच भोलि हुनेछ ।


प्रतिक्रिया