जकार्ता विश्वकै ठूलो शहर, जनसंख्या ४ करोड १९ लाख

रेडियो कान्तिपुर संवाददाता

मंसिर १०, २०८२ | काठमाडौं

दक्षिण पूर्वी एसियाली मुलुक इन्डोनेसियाको राजधानी जकार्ता जनसंख्याको आधारमा विश्वको सबैभन्दा ठूलो शहर बनेको छ । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले ४ करोड १९ लाख जनसंख्या रहेको जाकार्ता विश्वकै ठूलो शहर भएको बताएको छ ।

 यसअघि दोस्रो स्थानमा रहेको जाकार्ता जापानको टोकियोलाई पछि पार्दै ठूलो शहर बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टोकीयोलाई राष्ट्रसंघले सन् २००० मा एक प्रतिवेदन सार्वजनिक गर्दै ठूलो शहरका रुपमा घोषणा गरेको थियो । 

 ३ करोड ६६ लाख जनसंख्या रहेको बंगलादेशको राजधानी ढाका भने विश्वको दोस्रो ठूलो शहर बनेको समाचारमा जनाइएको छ । ३ करोड ३४ लाख जनसंख्या रहेको जापानको टोकीयो तेस्रो ठूलो शहर बनेको छ । 

प्रतिवेदन अनुसार १ विश्वमा १ करोड भन्दा बढी जनसंख्या रहेका शहरको संख्या समेत ३३ पुगेको छ । जुन १९७५ सम्म ८ वटा मात्र शहर थियो । ठूला शहर मध्ये एसिया क्षेत्रमा मात्रै १९ वटा रहेको अलजजिराले जनाएको छ । 


प्रतिक्रिया