पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप

मंसिर २०, २०८२ | काठमाडौं

पाकिस्तानका सुरक्षा फौज र अफगानिस्तानका तालिबानबीच सीमामा झडप भएको छ । पाकिस्तानी सेना र अफगानस्तिानका तालिवानी फौजबीच झडप भएपछि दुवै पक्षले शान्ति सम्झौताको उल्लंघन गरेको एकअर्कालाई दोषारोपण गरेको बीबीसीले जनाएको छ । 

झडपका क्रममा ४ जनाको मृत्यु र अन्य केही घाइते भएका छन् । केही महिनायता पाकिस्तान र अफगानिस्तान बीच पटकपटक झडपहरू भएका छन्, भने अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि आफ्नो भुमीमा हवाई हमला गरेको आरोप लगाइरहेको छ । 

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जायदीले तालिबानलाई गोलाबारी गरेको आरोप लगाउँदै आफ्नो भौगोलिक अखण्डता र नागरिकहरुको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यता, तालिबानी प्रवक्ताले भने पाकिस्तानले नै आक्रमण गरेकाले जवाफी कारबाही गरिएको बताएका छन् । कतार र टर्कीको मध्यस्थता दुई महिना अघि भएको युद्धविरामपछि पहिलो पटक सो झडप भएको हो ।


प्रतिक्रिया