निर्धक्क भएर चुनावमा सहभागी हुन प्रधानमन्त्री कार्कीको आग्रह
फाल्गुन १८, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि कठिन संक्रमण पार गर्दै मुलुक निर्वाचनमा आइपुगेको बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनमा सहभागी हुन सम्पुर्ण मतदातालाई आग्रह गर्नुभयो । सामाजिक सञ्जालबाट आएका भ्रामक सामाग्रीको पछाडी नलाग्न प्रधानमन्त्री कार्कीको आग्रह छ । निर्वाचनको वातावरण धमिल्याउन खोज्ने समूहलाई निगरानीमा राखिएको उहाँले उल्लेख गर्नुभयो
प्रधानमन्त्री कार्कीले मौन अवधि सुरु हुनुअघि देशबासीको नाममा सम्वोधन गर्नुभएको हो ।









