गुरुङ मुख्य प्रशिक्षकमा नियुक्त
माघ ११, २०८२ | काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फाले यामप्रसाद गुरुङलाई नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले जनवरी ३१ मा दशरथ रंगशालामा हुने चीन युनान युथ महिला टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस्तै, सहायक प्रशिक्षककामा सन्देश कुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी र टोली व्यवस्थापक दिपा छेत्री रहनेछन् ।
मुख्य प्रशिक्षक गुरुङले सो खेलका लागि प्रारम्भिक रुपमा ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।










