अमेरिकाद्वारा डब्लुएचओबाट बाहिरिने प्रक्रिया पूरा
माघ ९, २०८२ | काठमाडौं
विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने घोषणा गरेको अमेरिकाले औपचारिक रुपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट बाहिरिने बताएको एक वर्षपछि प्रक्रिया पुरा गरेको संघीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यद्यपी,सो प्रक्रिया भने पूर्ण रुपमा बाहिरिएको भन्ने आधार नभएको टिप्पणी भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकाले अझै पनि करिब १३ करोड डलरभन्दा बढी बक्यौता तिर्न बाँकी छ । ट्रम्प प्रशासनका अधिकारीहरुले अन्य देशबाट प्राप्त हुने स्वास्थ्यसम्बन्धी महत्वपूर्ण तथ्यांकमा पहुँच गुम्दा अमेरिकाले नयाँ महामारीको प्रारम्भिक चेतावनी पाउन कठिनाइ हुने बताएको समाचारमा उल्लेख छ ।
स्वास्थ्य विज्ञहरुका अनुसार सो निर्णयले विश्वव्यापी रोग नियन्त्रण प्रयासलाई कमजोर बनाउने र अमेरिकी वैज्ञानिक तथा औषधि कम्पनीहरुलाई नयाँ महामारीविरुद्ध खोप तथा औषधि विकास गर्न बाधा पु¥याउने बताइएको छ । हाल विश्व स्वास्थ्य संगठनमा विश्वका लगभग सबै देशहरु सदस्य छन्










