मध्यपूर्वमा थप द्धन्द्ध बढ्दै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २७, २०८२ | काठमाडौं

मध्यपूर्व क्षेत्रमा तनाव चर्किदै जाँदा होर्मुज जलमार्गमा तीनवटा व्यावसायिक जहाजमा क्षति पु¥याइएको छ । ती जहाज मध्ये एकमा रहेका २३ जना चालक दलका सदस्यहरुलाई उद्धार कार्य जारी राखिएको छ । 

सार्वजनिक भएका तस्वीरहरूमा जहाजबाट बाक्लो धुवाँ निस्किरहेको देखाइएको बीबीसीले जनाएको छ । होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ । सो क्षेत्रमा भएको तनावका कारण विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । 

यसअघि अमेरिकी सेनाले सो क्षेत्रमा इरानका १६ वटा बारुद बिछ्याउने जहाजहरुलाई नष्ट गरेको दाबी गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज क्षेत्रमा समुद्री माइन नराख्न कडा चेतावनी दिनुभएको थियो । 

यसैबीच, इरानले साउदी अरब, युएई र कुवेततर्फ पनि आक्रमण जारी राखेको समाचारमा उल्लेख छ । दुबई विमानस्थल नजिक दुईवटा ड्रोन आक्रमण हुँदा चार जना घाइते भएका छन्। यद्यपि विमानस्थलको हवाई यातायातमा कुनै अवरोध नभएको बताइएको छ । त्यसैगरी, इजरायलले इरान र लेबनानमा थप सैन्य आक्रमण गरेको जनाएको छ।


प्रतिक्रिया