बक्यौता रकम बुझाउन मेडिकल तथा डेन्टल कलेजलाई काउन्सिलको निर्देशन
वैशाख १, २०८३ | काठमाडौं
नेपाल मेडिकल काउन्सिलले बक्यौता रकम बुझाउन मेडिकल तथा डेन्टल कलेजलाई निर्देशन दिएको छ । काउन्सिलले बक्यौता रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने विभिन्न कलेज तथा प्रतिष्ठानलाई २१ दिनभित्रै सबै बक्यौता रकम अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
उहांले लामो समददेखि रकम बुझाउन बांकी रहेको रकम तिर्न पटक पटक आग्रह गर्दा पनि सम्बन्धित संस्थाले बेवास्ता गरेको आरोप लगाउनुभयो । निर्धारित समयसीमाभित्र बक्यौता रकम नबुझाएमा ती कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षण दर्ता प्रक्रिया रोक्का गरिने उहांको भनाई छ । उहांले ती कलेजमा अध्ययन गरेका विदेशी नागरिक चिकित्सक तथा शिक्षकको दर्ता प्रक्रिया पनि स्थगित गरिने जानकारी दिनुभयो ।










