किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा उपलब्ध

असार १९, २०७९ | काठमाडौं

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । 

अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ । यस्तै अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि पुस्तक पाइने पन्थीले जानकारी दिए । 

 भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था पनि मिलाइएको छ ।

पुस्तक ३ सय पेजको रहेको छ ।



प्रतिक्रिया