चित्रकला प्रदर्शनीबाट परोपकार गर्दै शिवाङ्गिनी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७९

युवा कलाकार शिवाङ्गिनी राणाले एकल चित्रकला प्रदर्शनी गरेर सङ्कलन गरेको रम बालबालिकाको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था र बालबालिकाको शिक्षामा खर्चेकी छन् । काठमाडौंको भिल्ला–७२ उत्तर ढोकामा ‘पृथ्वी: मभित्रको संसार’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीबाट उठेको २ लाख ५० हजार रुपैयाँ उनले बालबालिकाको शिक्षामा समर्पित गरेकी हुन् । 

प्रदर्शनीमा राखिएका चित्रमध्ये १५ वटा बिक्री भएका थिए । कुल ३२ वटा चित्र प्रदर्शनीमा राखिएका थिए । ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य समस्या झेलिरहेकाहरुको सहयोगार्थ आयोजित यो नै पहिलो चित्रकला प्रदर्शनी भएको आयोजक युनिटी इन हेल्थले जनाएको छ ।

राणाको अर्को प्रदर्शनी आगामी सन् २०२३ को मार्चमा अमेरिकाको न्युयोर्कमा हुनेछ । 


प्रतिक्रिया