विवाद अन्त्यको पहलमा कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय

पुस २९, २०७६ | काठमाडौं

केन्द्रीय समितिको निर्णयपछि उत्पन्न विवाद अन्त्यको पहलमा नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । 

संस्थापन पक्षबिरुद्ध इतर पक्षले छलफल तीब्र पारेपछि पार्टी भित्र देखिएको संकट अन्त्यको पहलमा नेताहरु सक्रिय बनेका हुन् । 

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले उपसपभाति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच छलफल जारी छ । 

सभापति शेरबहादुर देउवाले अस्ति आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौलालाई भेटी केन्द्रीय समितले बहुमतबाट गरेका निर्णय सच्याउन आफू तयार रहेको बताएपछि विकल्पको खोजीमा तीन नेताबीच छलफल सुरु भएको हो । 

सानेपामा जारी त्रिपक्षीय छलफलमा केन्द्र र प्रदेश महाधिवेशनको मिति यथावत राख्दै बाँकी ६ तहका अधिवेशन अगाडि सारेर सहमति खोज्ने विषयमा कुराकानी भइरहेको छ । 

महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने निर्णय सच्याउने र विभाग बढाउने निर्णयमा सहमति खेज्न संस्थापन पक्ष तयार देखिएपछि निकासको संभावनाका बीच छलफल तीब्र बनेको हो । 

नेता रमेश लेखकले दुबै पक्षलाई वीन वीनको अवस्था आउने गरी निकासको पहल भइरहेको बताउनुभयो । 


प्रतिक्रिया