अनियमितता विरुद्ध कांग्रेसको अभियान

माघ २७, २०७६ | इलाम

स्थानीय तहमा बेथिती र अनियमिता बढेको भन्दै नेपाली कांग्रेसले मुलुकमै पहिलो पटक इलामबाट खबरदारी सुरु गरेको छ । 

इलाम नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै सुरु गरेको अभियान अन्तर्गत कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने बताएको छ । 

आर्थिक अनियमितता र बढ्दो करसहित जनचासोका विभिन्न विषय समेटेर खबरदारी थालेको कांग्रेसले जनाएको छ । 

स्थानीय तहमा भएको अनियमितता निगरानीका लागि कांग्रेस जिल्ला कार्यसमितिले महासमिति सदस्य नगेन्द्र कुमालको संयोजकत्वमा अनुसन्धान गरेको थियो । 

सोही समितिको अध्ययन अनुसार प्राप्त विषय समेटेर कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । 

इलाम नगरपालिकाका उप–प्रमुख सुशीला नेम्वाङलाई बुझाईएको ज्ञापन पत्रमा करमा ५० गुणा भन्दा बढी वृद्धि भएको, जनतावाट असूल गरेको करबाट जनप्रतिनिधिले अस्वभाविक रुपमा सेवा लिएको, नगरको बजेट सहर केन्द्रित गरिएको जस्ता १८ वटा बुँदा मार्फत नगरपालिकालाई सचेत गरिएको छ ।  


प्रतिक्रिया