अष्ट्रेलियामा नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टी

फाल्गुन २५, २०७६ | अस्ट्रेलिया

करिब दुई साताअघि नेपालबाट छुट्टी मनाएर अष्ट्रेलिया फर्किएका एक बिद्यार्थीमा कोरोना संक्तमण पुष्टी भएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० बर्षका ती बिद्यार्थीमा संक्रमण पुष्टी भएको र उनलाई आइसोलेसनमा राखिएको बताएका छन् । उनको परिचय भने खुलाइएको छैन ।

गत फेबु्रअरीमा नेपालबाट सिंगापुरको ट्रान्जिट हुँदै उनी सिड्नी पुगेका थिए । फ्लुको लक्षण देखिएपछि ती युवकले अस्पतालमा सम्पर्क गरेका थिए । उनको गत शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच सम्पन्न भएको थियो । हिजो आएको स्वास्थ्य रिपोर्टबाट उनमा संक्रमण भएको पत्ता लागेको तास्मानियाको जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले जानकारी दिनुभयो ।

 त्यसअघि अस्पतालमा गरिएको जाँचको नतिजा नआउन्जेलसम्म काममा नजान चिकित्सक तथा अधिकारीहरुले दिएको सुझाव पालना नगरि उनी भोलिपल्ट काममा गएका थिए । उनको अवस्था सामान्य रहेको त्यहाँको स्वास्थ्य बिभागले उल्लेख गरेको छ ।

यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास भइरहेको बताएका छन् । 

तास्मानियामा अहिलेसम्म दुईजनामा कोरोना संक्रमण देखिएको छ । 


प्रतिक्रिया