सुख्खा पहिरोले यातायात अवरुद्ध

फाल्गुन २५, २०७६ | म्याग्दी

– म्याग्दीको अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेवगरबाट माथि घार, शिखहुँदै पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा सुख्खा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ । 

अन्नपूर्ण गाउँपालिका, ६ घारको हल्लेखर्क स्थित घुम्तीमा सडक स्तरोन्नत गर्न हिजो भिरालो पाखो डोजरले काटेपछि माथिबाट झरेको सुख्खा पहिरोले पोखरे–घार–चित्रे–घोडेपानी सडक अवरुद्ध भएको हो । पहिरो स्थलमा रहेका स्थानीय श्याम प्रसाद खड्काका अनुसार पहिरोले सडकदेखि तलका ७ घर उच्च जोखिममा छन् । 


प्रतिक्रिया