कोरोना भाइरस परीक्षण पोखरामा सुरु

चैत्र १९, २०७६ | पोखरा

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण पोखरामा सुरु भएको छ । स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहित आवश्यक सामान हिजो मंगलबार पोखरा ल्याइएको थियो ।

मेसिन ल्याइएकै पहिलो दिन हिजो ३ जनाको स्वाब परीक्षण गरिएकोमा एकजनाको नतिजा आइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको नतिजा कोरोना नेगेटिभ रहेको र अन्य दुईको नतीजा आउने तयारीमा रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताउनुभयो । 

 परीक्षण मेशिन आएर ठूलो राहत भएको उनको भनाइ छ । आवश्यक किट, रसायन र प्राविधिकसहति उक्त मेशिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । ‘हामीले मंगलबारै तीन स्वाब परीक्षण सुरु गरेका हौ’ शर्माले भन्नुभयो । 


प्रतिक्रिया