कोरोनाबाट २८ जना गैरआवासीय नेपालीको मृत्यु

वैशाख ७, २०७७ | काठमाडौं

कोभिड–१९ संक्रमणबाट विश्वभर हालसम्म २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ’कोविड १९’ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्याण्डमा १, जनाको मृत्यु भएको हो । 

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार हालसम्म २१ देशमा रहेका नेपालीहरुमा संक्रमण देखिएको छ ।

सबैभन्दा बढी अमेरिकामा ७ सय नेपालीमा संक्रमण देखिएको छ । यस्तै, बेलायतमा २ सय, स्पेनमा १० र संयुक्त अरब इमिरेट्समा ७१ जना संक्रमित रहेको समितिले जनाएको छ ।  


प्रतिक्रिया