कोरोना संक्रमितको संख्या सय नाघ्यो

वैशाख २५, २०७७ | काठमाडौं
कपिलवस्तुमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।
कपिलवस्तु नगरपालिकाका ८ का १६ र २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंस्थित प्रयोगशालामा दुवै जनाको पिसिआर परिक्षण पछि संक्रमण पुष्टि गरेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।
दुवै जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको अधिकारीले उल्लेख गर्नुभएको छ ।