लमाय खाल्टेखोला मोटरेवल पुल निर्माण अन्तिम चरणमा

जेष्ठ १६, २०७७ | पर्वत

पर्वतको फलेवास नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा निमार्णाधिन मोटरयवल पुल अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास कार्यालय पर्वत र मेरिना कन्ट्रक्सन एण्ड नेश्नल इन्स्टेचर जेभीबीच गत असारमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झैता भएको हो । कुल १ करोड ६७ लाख ७७ हजार ८ सय ८० रुपयाँको लागतमा यो मोटरेवलपुल निमार्ण भएको हो । 

गण्डकी प्रदेश सरकारको पूर्वाधार बिकास कार्याक्रम अन्तर्गत मोटरेवल पुल निर्माण भएको हो । यो मोटरेवल निर्माण सँगै फलेवास नगरपालिकाको अर्चले भंगार,कार्कीनेटा ,स्याङजा हुँदै पाखरा सम्मको यातायात सेवा प्रयोगकर्ताहरु लाभान्वित हुने छन् । स्वीस सरकार बिकासकार्यक्रमले योमोटरयवलपुल निमार्णको प्राबिधिक सहयोग गरेको छ । स्थानीय सडकपुल निर्माण इकाइका इन्जिनियर लोकेस राईका अनुसार विश्वव्यापी फैलिएको कोडिडको माहमारीमा समेत सुरक्षा साबधानअपनाइकामनिरन्तर भइरहको हुँदा सम्झैताको समयमा काम सम्पन्न हुने चरणमा पुगेको छ । 

मोटरेवल निमार्णका साइड इन्चार्ज कृष्ण शर्माले समयमै सक्ने लक्ष्य राख्दै निमार्णमा आवश्यक सवै सामानहरु समेत समयमै आइपुग्दा समस्या नभएको बताउनुभएको छ । उहाँले कोरोना भाइरसको बिचमा समेत बिकास निर्माणका काममा समान आयत हुँदाथप सहयोग मिलेको बताउनुभएको छ । यो सँगै भुरुङदीखोला झिल्ली भञ्जायाङ मोटरेवल निर्माण कार्य समेत त्रिब रुपमा भइरहेको निमार्ण कम्पनिका सञ्चालक गोविन्द आचार्यले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया