पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २०, २०७७ | गण्डकी प्रदेश

– गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङजामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मास्थित क्वारेन्टाइनमा रहेका ५ पुरुषमा आज कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु केहीदिन अघिमात्र भारतबाट फर्किएका हुन । 

यसैगरी स्याङजाको चापाकोट नगरपालिका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका ४ जना र बिरुवा गाउँपालिकाका एक गरी ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेशनमा लैजाने तयारी भइरहेको शर्माले बताउनुभयो । यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ भने ३ जना संक्रमण मुक्त भएर भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा थपिएसंगै मुलुकभर संक्रमतिको संख्या भने १ हजार ८ सय २१ पुगेको छ ।


प्रतिक्रिया