एक्लो घरमा वस्थे कोरोना संक्रमित दम्पती

तस्बिर : हरिहरसिंह राठौर, रेडियो कान्तिपुर 

जेष्ठ २१, २०७७ | धादिङ

धादिङ जिल्ला सिद्धलेक ५ सुकौरा हिटी ठेगाना भएकी की २३ वर्षीय गर्भवती महिलामा कोरोना संक्रमित देखिए पछि उक्त वस्ती वुधवार विहान देखि सिल गरिएकोछ । तर कोरोना संक्रमितका दम्पती घरवाट अंशवण्डा लिएर भुकम्प पछि निर्माण गरिएको एक्लो घरमा वस्ने गरेका थिए ।

‘घर पनि एक्लो, घर ताला मारेर दुवै जना उपचारमा काठमाण्डौं गएका र वरपर छिेमेकी ४ घरहरु पनि एक सय मिटर भन्दा टाढै रहेकोले सिल गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले वताए ।

‘गत १३ गते नै वुहारीले टाउको दुख्ने, पेट दुख्ने गथरेको वताए पछि पहिलो वच्च भएको कारण सममस्या हुन सक्ने भन्दै महिना नपुगे पनि परिक्षण गराउन १४ गते विहान जिल्ला अस्पताल पठाएका थियौं । अस्पताल पठाउने वेला सामान छोडन आएको कालीदह वजारको मिनीट्रकमा पठाएका थियौं ’ २ सय मिटर टाढाको अलग घरमा वस्ने संक्रमित युवतीका ससुरा सोमवहादुर श्रेष्ठले भने । श्रेष्ठले प्रजिअ तामाङ्ग संग भने ‘ छोरा वीरवहादुरको घरमा कसैको आवत जावतनै थिएन, पानीधारा नजिकै छ, मेलापात पनि जादैन्थे कसरी कोरोना सऱ्यो होला ?

जिल्ला स्वास्थय कार्यालयले दिएको जानकारी अनुसार उनी गत १४ गते कपाल दुख्ने, पेट दुख्ने र वान्ता हुने समस्या लिएर आए पनि १ सय ३ डिग्री ज्वरो समेत रहेकोले थप ल्याव परिक्षण गर्न सल्लाहदिदैं गर्दा श्रीमानले नीलकण्ठ नगरपालिकाको वडानं ७ द्धारा संचालित वा २ झ ४०५३ नंवरको एम्वुलेन्स लिएर काठमाण्डौं स्थित प्रशुती गृह गएका थिए । अस्पतालमा समेत ज्वरो नघटे पछि स्वाव परिक्षण मार्फत मंगलवार कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिए लगत्तै गर्भवती महिलाई थप उपचारका लागी पाटन अस्पताल लगिएकोछ ।

कोरोना संक्रमित गर्भवतीलाई थापाथली स्थित प्रशुती गृह पुरयाउने चालक विनोद ढकाल, ले उसै दिन फर्कदा धादिङकै सुत्ेकेरी महिला, शिसु, र आफन्तजन लिएर फर्केको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले उक्त गर्भवती महिलाको परिक्षण गर्ने प्रशुती कक्षकी स्टाफ नर्स लगायत ३ जना, एम्वुलेन्स चालक समेत लाई क्वारेन्टाईनमा राखेकोछ भने १४ गते उक्त एम्वुललेन्समा फर्कने अर्को सुत्केरीको परिवार खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीले वताए । रेग्मीका अनुसार संक्रमितलाई घरवाट अस्पताल सम्म ल्याउृने मिनीट्रकको पनि खोजी भैरहेको वताए । 


प्रतिक्रिया