गण्डकीमा थप १६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

जेष्ठ २२, २०७७ | पोखरा, पर्वत

गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । उपचाररत तीन जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताउनुभयो ।

आज थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३, बडीगाड गाउँपालिकाका ४ र गल्कोट नगरपालिकाका ३ जना छन् । 

यस्तै, स्याङजाको कालीगण्डकी गाउँपालिकाका एकजना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना, पर्वतको बिहादी गाउँपालिकाका २ र फलेबास नगरपालिकाका २ जना छन् । 

उनीहरु सबै हालैमात्र भारतका विभिन्न स्थानबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।  


प्रतिक्रिया