गौरीफन्टा नाकाबाट शनिबार मात्र ५ हजार ५९३ जना स्वदेश भित्रिए

तस्बिर : मोहन बुढाऐर, रेडियो कान्तिपुर ।  

जेष्ठ २४, २०७७ | धनगढी

कैलालीको गौरीफन्टा नाका भएर आजा एकै दिन ५ हजार ५ सय ९३ जना स्वदेश भित्रिएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले यो साता गौरीफन्टा नाकाबाट भित्रिनेको सख्यामा कमी आउदै गरेको बेला आज एकै दिन अत्यधिक संख्यामा नेपाल प्रवेश गरेको जानकारी दिनुभयो । 

सोही नाका भएर हिजो मात्र एक हजार ३ सय भित्रिएका थिए । जोशीका अनुसार, जेठ ७ गतेयता करिव ६० हजार जना भारतबाट नेपाल भित्रिएका छन् । 


प्रतिक्रिया