गण्डकीमा थपिए २४ कोरोना संक्रमित

जेष्ठ २७, २०७७ | पोखरा

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्ति जारी गर्दै नयाँ संक्रमितको पुष्टि गरेको हो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसीआर परीक्षणमा पूर्वी नवलपरासीका १२, बागलुङका ११ र म्याग्दीका १ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । पछिल्ला संक्रमित सबै पुरुष हुन् । उनीहरु १८ देखि ४९ वर्षसम्मका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । यसमध्ये ४ जना निको भएका छन भने एकजनाको मृत्यु भएको छ ।


प्रतिक्रिया