क्वारेन्टिनमा जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

जेष्ठ २८, २०७७ | कालीकोट

कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताउनुभयो ।

 प्रमुख डिएपसी औलियाका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा बिहान करीब साढे १० बजे टिप्पर खसेको हो । टिप्पर झन्डै ३ सय मिटरमाथिबाट खसेको हुनसक्ने उहाँले बताउनुभयो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।  


प्रतिक्रिया